रोनाल्डो र मेस्सीलाई पछि पार्दै मेड्रिचले जिते बालोन डी ओरको अवार्ड

एजेन्सी । क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले यो सिजनको बालोन डी ओरको अवार्ड जितेका छन् । 

स्पेनी क्लब रियल म्याड्रिडका भरपर्दा मिडफिल्डर मोड्रिचले पोचुर्गिस स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको वर्चस्वलाई तोड्दै यो अवार्ड हात पारेका हुन् । मोड्रिच रोनाल्डो र मेस्सीको एक दशकको राजलाई अन्त्य गर्दै सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भए ।

३३ वर्षिय मोड्रिचले लगातार तीन पटकसम्म च्याम्पिन्स लिगको उपाधि आफ्नो क्लबलाई दिलाएका थिए भने क्रोएशियालाई रसिया विश्वकप फुटबलको फाइनलसम्म पु-याएका थिए । मोड्रिच यसै वर्ष मात्र फिफा वर्ष खेलाडी समेत घोषित भएका थिए ।

रसिया विश्वकपमा उत्कृष्ट खेलाडी घोषित हुँदै उनले गोल्डेन बल समेत प्राप्त गरे । 

सन् २००७ मा ब्राजिलका फरर्वाड काकाले यो अवार्ड जितेप्रश्चात रोनाल्डो र मेस्सीले पालै पालो यो अवार्ड जित्दै आइरहेका थिए । बालोन डी ओर अवार्ड रोनाल्डो र मेस्सीले समान पाँच—पाँच पटक जितेका छन् । 

त्यस्तै रोनाल्डो दोस्रो तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान तेस्रो, केलियन एमबाप्पे चौथो तथा मेस्सी पाँचौ स्थानमा रहे । विश्वभरिका १ सय ८० खेल पत्रकारहरुको मतको आधारमा मोड्रिचलाई यो अवार्ड प्रदान गरिएको हो । मोड्रिचले कुल ७ सय ५३ अंक प्राप्त गरेका थिए । यता रोनाल्डोले ४ सय ७६ अंक पाए ।

ग्रीजम्यानले ४ सय १४ तथा एमबाप्पेले ३ सय ४७ अंक प्राप्त गरे । मेस्सीले भने २ सय ८० अंक मात्र पाए ।

त्यस्तै सोमवार राति नै भएको महिलातर्फको बालोन डी ओरको अवार्ड भने नर्वे तथा फ्रेन्च क्लब लियोनकी अदा हेगेरबर्गले हात पारिन् । 

यता युवा अवस्थामै उत्कृष्ट प्रदर्शन गरेका भन्दै फान्सेली केलियन एमबाप्पेलाई कोपा ट्रफी प्रदान गरियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?