काठमाडाैं ः एनअार्इसी बैंकले प्रस्ताव गरेको १०% बोनस शेयर प्राप्त गर्न र्इच्छुक लगानीकर्ताले अाजसम्म बैंकको शेयरधनी बनिसक्नुपर्ने भएको छ ।
बैंकले बोनस शेयर वितरण र साधारणसभा प्रयोजनका लागि भोली बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्दैछ । बुकक्लोज गर्ने अघिल्लो दिनसम्म एनअार्इसीको शेयर किन्नेले मात्र बोनस शेयर पाउने बैंकले जनाएको छ ।
यो बैंकले गत अार्थिक बर्षको नाफाबाट अाफ्ना शेयरधनीहरूलार्इ १०% बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाँदैछ । पुस ४ गते हेरिटेज गार्डेन सानेपामा बैंकको २१ अाैं बार्षिक साधारणसभा हुँदैछ ।
कात्तिक ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अार्थिक बर्ष २०७४/७५ को नाफाबाट शेयर लाभांश र कर प्रयोजनका लागि ०.५२६% नगद लाभांश वितरणको निर्णय गरेको थियो ।
चुक्ता पूँजी ८ अर्ब ३ करोड रूपैयाँको १०% बराबर हुन अाउने ८० करोड ३१ लाख रूपैयाँको बोनस शेयर वितरण गर्न लागेको एनअार्इसीले यसपश्चात चुक्ता पूँजी ८ अर्ब ८३ करोड रूपैयाँ पु-याउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया