नेपाल फाईनान्सले विविध कार्यक्रम गरी मनायो ३० औँ वार्षिक उत्सव

लोकपथ
28
Shares

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले ३० औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं.२०४९ पौष २२ गतेबाट विधिवत कारोबार शुभारम्भ गरेको फाईनान्सले आफ्नो ३० औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी सु–सम्पन्न गरेको हो ।

संस्थाले ३० औँ वार्षिक उत्सवको अवसर पारेर संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका संचालक समितिका अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधान, संस्थाका संचालकहरु दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल प्रहरी अस्पताल, महाराजगंन्ज, काठमाडौं रक्त संचार शाखाको सहयोगमा संस्थाका कर्मचारी, संस्थाको केन्द्रीय कार्यालय रहेको भवन म्याक्स इन्टरनेशनलमा कार्यरत कर्मचारी लगायतले ३७ पोइन्ट रक्तदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले जानकारी दिए ।

सो अवसरमा संचालक दिप्रश शाक्यले संस्थाको केन्द्रीय कार्यालय तथा उपत्यकास्थित सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई संस्थाको ३० औँ वार्षिक उत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौं उपत्यकाभन्दा बाहिर रहेका विभिन्न शाखा कार्यालयहरु मध्ये हेटौडा शाखा कार्यालयले डिभाइन सर्भिस होम वल्डएज, हेटौडामा रहेको बृद्ध बुबाआमाहरुको लागि खाद्यान्न, सामाग्री, ग्यास सिलिण्डर लगाएतका उपभोग्य सामानहरु प्रदान गरेको छ भने, बनेपा शाखा कार्यालयले पनि बौद्ध बृद्धाश्रम, बनेपा –९, काभ्रेपलान्चोकमा विभिन्न खाद्यान्नका सामाग्रीहरु प्रदान गरेको छ ।

त्यसैगरी संस्थाको ६ वटा शाखा कार्यालयले विद्यालयहरुमा कपी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरेको थियो । संस्थाले ३० औँ वार्षिकउत्सवकै अवसरमा पौष २२ देखि १ महिनाको लागि संस्थाको मोवाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट/फिर्ता र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने योजनारहेको जनाएको छ ।

साथै महिनामा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने योजना रहेकोसमेत जनाएको छ । पौष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत सार्वजनिक गरेको जानकारी गराएको छ ।

संस्थाले काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र दुई वटा एक्सेन्टशन काउण्टर मार्फत आधुनिक बैंकिङ्ग सेवाको साथै कनेक्ट आईपिएस, आईपिएस, डेविट कार्ड, मोवाईल बैंकिङको माध्यमबाट आफ्ना सेवाहरु प्रदान गरिरहेको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?