गण्डकी । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । २२ औँ संस्करणको उक्त प्रतियोगिताको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी) लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेल संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।
संकटाका लागि दोस्रो गोल मेसुकीले गरे । ३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो । तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे ।
२–१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी ग¥यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे । संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया