नबिल बैंकले शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । 

बैंकले आर्थिक वर्ष २०७४-७५ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश शेयर र २२ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिलले सो आवमा चार अर्ब पाँच करोड खुद मुनाफा गरेको थियो । 

बैंकका अनुसार एक सय  कित्ता शेयर बराबर १२ कित्ता लाभांश शेयर र प्रति शेयर २२ का दरले नगद लाभांश दिने भएको हो । बैंकको यही मङ्सिर १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरी नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । 

यस्तै स्टकमा मंगलवार मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । आव २०७४-७५ को नाफाबाट बैंकले प्रस्ताव गरेको १८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

मूल्य समायोजनपछि सो बैंकको प्रतिकित्ता शेयर मूल्य ३४५ कायम हुनेछ । त्यस्तै औसत आधार मूल्य भने ४९८ हुने छ । यस्तै विवरण बुझाउन अटेर गरेको भन्दै सोमबार कारोवार रोक लगाइएको नाडेप लघुवित्त वित्तीय संस्थाको कारोवार खुला भएको छ ।

स्टकले मंगलवार सो लघुवित्तको कारोवार खुल्ला गरेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?