आर्थिक मन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धि : गभर्नर अधिकारी

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वभर हुनसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने बताएका छन् ।

बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका हुन् ।

सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको भन्दै उनले सन् २०२३ मा झनै संकुचन आउने प्रक्षेपण रहेको बताए । मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?