सिजीनेटले ल्यायो पोस्टपेड इन्टरनेट सेवा

लोकपथ
28
Shares

काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवाप्रदायक, सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ ।

कम्पनीले यस योजना अन्तर्गत एक हजार ४९ रुपैयाँ मूल्यमा २५० एमबिपिएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रतिमहिनामा २५० एमबिपिएस र आई पि टिभी प्रदान गर्ने जनाएको छ । कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्चगतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्ने जनाएको छ ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको कम्पनीले जनाएको छ । ‘पहिले सेवा पछि पैसा’ को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ । नियमित प्रिपेड प्लानहरू भन्दा यो सस्तो रहेको र जसले मासिकरूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्नेछ ।

ग्राहकलाई फिर्ता गरिने गरि २ हजार ५०० रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने नपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नु यस योजनाको उद्देश्य रहेको कम्पनीको दाबी छ ।

त्यस्तै, नेपाली इन्टरनेट उद्योगको भुक्तानी नीतिप्रति जनताको धारणा परिवर्तन गर्न सिजीनेटले नयाँ दृष्टिकोण सार्वजनिक गरेको दाबी कम्पनीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?