डाक्टर भगवानसँग मुक्तिनाथ विकास बैंकको सहकार्य सम्झौता

लोकपथ
14
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै गैर नाफामुलक संस्था काठमाडौं इन्ष्ट्च्यिुट अफ चाईल्ड हेल्थसँग सहकार्यको सम्झौता गरेको छ ।

बैंकले १६ औँ वर्ष सफलतापूर्वक पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा संचालित गैर नाफामुलक संस्था काठमाडौं इन्ष्ट्च्यिुट अफ चाईल्ड हेल्थसँग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको हो । बैंकको तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा.भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम झापा जिल्ला दमकस्थित निर्माणाधिन बाल अस्पताल निर्माणको लागि बैंकले पाँच लाख रुपैयाँ सहयोग गर्ने छ । बैंकले गरेको उक्त सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग लगाायत सेवाहरु घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?