काठमाडौैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाह्य क्षेत्रको स्थिरता र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो आर्थिक विकास हुन नसक्ने बताएका छन् ।
आईतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले मूल्य स्थिरता र वाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने बताएका छन् । उनले पछिल्लो समय विश्वका अधिकांश मुलुकमा वाह्य क्षेत्रको मन्दी देखिएको बताए ।
गभर्नर अधिकारीले विश्वमा देखिएको वाह्य क्षेत्रको मन्दी र निर्माण क्षेत्रको शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने उल्लेख गरे । उनले विश्वको अर्थतन्त्र आर्थिक मन्दीतर्फ गएको भन्दै नेपालमा पनि केही मिल्दा असरहरु देखिएकाले त्यस्ता असरबाट जोगिनुपर्ने चुनौति रहेको बताए ।
उनले नेपालको यो वर्षको मुख्य चुनौति भनेकै वाह्य क्षेत्रलाई स्थिरतामा राख्नु भएको भन्दै सम्बन्धित निकायहरुले त्यही अनुसार काम गर्न आवश्यक रहेको बताए । गभर्नर अधिकारीले सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको बताए । उनले सन् २०२३ मा झनै घटेर २.७ प्रतिशतमा संकुचन आउने प्रक्षेपण रहेको बताए ।
उनले भने, ‘विश्वको अर्थतन्त्र अहिले मन्दितर्फ गइरहेको छ । सन् २०२१ मा ६ प्रतिशतले विश्वको आर्थिक वृद्धि भएकोमा २०२२मा घटेर ३.२ मा आएको छ । २०२३ मा अझ घटेर २.७ प्रतिशतमा सिमित हुने अनुमान रहेको छ । यसरी विश्व आर्थिक मन्दीमा गइराख्दा नेपालमा पनि यसका केही बाछिटाहरु आइरहेको पाइन्छ । अहिले जसरी निर्माण व्यवसायमा शिथिलता देखिएको छ । त्यसले अन्य सम्बन्धित विषयहरुलाई पनि छुँदै गएको छ ।
यो सालको नेपाललाई चुनौति भनेकै मूल्य स्थिरता कायम गर्ने वाह्य क्षेत्रको स्थिरता धेरै हदसम्म स्थिर हुँदै आएको छ । त्यसलाई कायम राख्ने र वित्तीय स्थायीत्व कायम नभएसम्म हामीले दिगो आर्थिक विकास र समग्र माक्रोइकोनमी स्थितरता कायम गर्न सक्दैनौं । अहिले जुन खालको वाह्य दबाब बढ्दै गएको छ ।
जुन अवस्थामा मूल्यवृद्धि भइरहेको छ । विभिन्न मुलुकलाई समेत वाह्य क्षेत्रको दबाब भइरहेको छ । यो अवस्था प्रवेश गर्न नदिनु नै नेपालको लागि चुनौति रहेको छ । यसको लागि सबै निकायहरु आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने भएको छ ।’ गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा आएको मन्दिको बाछिटा नेपालमा समेत आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया