परराष्ट्र मन्त्रीले के भने निर्मला पन्त घटनामा ?

प्रमाण नष्ट गरिएकै कारण निर्मला पन्तको बलत्कारपछि हत्या घटनामा संलग्न पक्राउ पर्न नसकेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । 

मंगलबार सुर्खेतमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएका कारण न्याय प्रक्रियामा ढिला भएको बताएका हुन् ।

न्याय दिलाउन प्रमुख भूमिका खेल्नु पर्नेहरूबाट नै प्रमाण नष्ट भएको छ, त्यसैले न्यय प्रक्रीयामा ढिलाई भएको हो ।

 साउन १० गते बलात्कारपछि हत्या भएको बालिका पन्तको घटनामा न्यायको विषय देशको प्रमुख विषय बनेको भन्दै उनले भने, न्याय दिलाउन प्रमुख भूमिका खेल्नु पर्नेहरूबाट नै प्रमाण नष्ट भएको छ, त्यसैले न्यय प्रक्रीयामा ढिलाई भएको हो ।

उनले थपे, ''सरकारले निर्मला पन्त बलात्कारपछि हत्या घटनालाई गम्भीरतापूर्वक हेरिरहेको छ, छिट्टै न्याय मिल्छ । अनुसन्धानका क्रममा केही ढिलाइ भएको मात्र हो, तर निर्मलाका हत्यारा पक्कै पक्रिने छन् भन्नेमा मलाई विश्वास छ ।''  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?