काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडूबीच मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु हुँदैछ । मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुन लागेको हो । मर्जर घोषणाका लागि सोमबार बिहान एक कार्यक्रमको आयोजना गरिएको छ ।
यसअघि दुवै बैंकको साधारणसभाबाट ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।मर्जर पश्चात् बैंकको कूल पुँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५।७७ अर्ब, कूल निक्षेप रु ४०८ अर्ब, कूल कर्जा रु ३७६ अर्बभन्दा बढी पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया