‘बैंकहरु लगानीलाई प्राथमिकतामा राख्दै उत्पादनमा केन्द्रित हुनुपर्छ’

लोकपथ
21
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् ।

उनले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताए ।

यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

त्यसेगरी एकीकृत कारोबारमा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले र्मजरले राष्ट्र बैंकको नीतिलाई सफल बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?