बैंकर्स संघले तोड्यो आफ्नै सहमति, मुद्दति निक्षेपमा ब्याजदर तोक्न बैंक स्वतन्त्र

काठमाडौं–वाणिज्य बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदरमा गरेको ‘भद्र सहमति’ तोडेका छन् । नेपाल बैंकर संघको मंगलबार बसेको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर तय गर्न बैंकहरुलाई स्वतन्त्र छोड्ने निर्णय गरेसँगै उक्त सहमति तोडिएको हो ।

अब बैंकहरुले निक्षेप संकलनका लागि आ–आफ्नै तरिकाबाट ब्याजदर तोक्ने पाउनेछन् । उच्च ब्याजदर दिने विषयमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी दिन नपाइने भन्दै सदस्य बैंकलाई लगाम लगाएको थियो । बजारमा निक्षेपको अभाव हुँदै गएपछि ब्याजदरको सीमा हटाउन संघभित्र दबाब सिर्जना भएको थियो ।
 आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?