काठमाडौं । मधेश प्रदेश संसदीय दलको नेताका लागि जनता समाजवादी पार्टी (जसपा) बाट लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।
संसदीय दलको नेताका लागि राउत र यादवको उम्मेदवारी परेको जसपाका निर्वाचन समितिका संयोजक लालकिशोर साहले जानकारी दिए ।
मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरुमा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया