काठमाडाैं : नबिल बैंकका शेयरधनीहरूले ३४% लाभांश पाउने भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले गत अार्थिक बर्षको नाफाबाट अाफ्ना शेयरधनीहरूलार्इ १२% बोनश शेयर र २२% नगद लाभांश दिने निर्णय गरेको छ ।
यो बैंकको १०० कित्ता शेयर हुनेले १२ कित्ताका दरले बोनस शेयर पाउनेछन् । थप, हरेक १०० कित्तामा २२ रूपैयाँका दरले कर सहित नगद लाभांश पाउनेछन् । बैंकले चुक्ता पूँजीको ३४% अर्थात दुर्इ अर्ब ७३ करोड ४६ लाख ९५ हजार रूपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले लाभांश प्रस्ताव अनुमोदन गरेपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन् । लाभांश वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८४ लाख रूपैयाँ पुग्नेछ ।
हाल नबिल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रूपैयाँ छ । चालु अार्थिक बर्षको पहिलो त्रैमासमा यो बैंकले १ अर्ब ५ करोड रूपैयाँ खुद नाफा गरेको छ । प्रतिशेयर अाम्दानी ५१ रूपैयाँ ३६ पैसा रहेको नबिलको प्रतिशेयर नेटवर्थ २७१ रूपैयाँ ५२ पैसा र मुल्य अाम्दानी अनुपात १६.३०% कायम छ ।
अघिल्लो अार्थिक बर्षको तुलनामा नबिल बैंकले यो बर्ष १४% कम हुनेगरि लाभांश दिन लागेको हो । अघिल्लो बर्ष यो बैंकले ३०% बोनस शेयर र १८% नगद सहित ४८% लाभांश बाँडेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया