२२ सय अंकमाथि उक्लियो नेप्से

लोकपथ
21
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

सोमबार नेप्से परिसूचक ४६.७६ अंक बढेर २२११.३८ बिन्दुमा पुगेको हो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से
बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आईतबार करिब साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ। त्यस्तै,विकास बैंक, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

सोमबार नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । तर यता स्वाभिमान लघुवित्तको शेयरमूल्य भने ३.५७ प्रतिशत घटेको छ ।

आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?