इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको पाँच अंकको अग्रता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत लिग लिडर म्यानचेस्टर युनाइटेड विजयी भएको छ । 

मंगलवार राति सम्पन्न भएको १५ औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी लिगमो पाँच अंकको अग्रता बनाएको हो । प्रतिस्पर्धात्मक खेलको ४० औँ मिनेटमा सिटीका लागि लोरी सानेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको सिटीका लागि खेलको ५१ औँ मिनेटमा रियाद महरेजले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । रोमाञ्चक बनेको खेलको ८५ औँ मिनेटमा वार्टफोर्डका लागि अब्डौलाए डोउकोरेले  एक मात्र सान्त्वना गोल गरे ।

जितपछि म्यान्चेस्टर सिटीले १५ खेलबाट ४१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३६ अंक छ । २० अंकका साथ वाटफोर्ड तालिकाको ११ औँ स्थानमा छ । 

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा वेस्टह्यामले कार्डिफ सिटीलाई ३-१ गोल अन्तरले, ब्राइटनले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले तथा बर्नेमाउथले हडर्सफिल्डलाई २-१ गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?