विजय माल्याको ट्वीट ‘म बैंकको सबै ऋण तिर्छु तर ब्याज तिर्दिन’

काठमाडौं।  भारतका  उद्यमी विजय माल्याले आफू  बैंकको ऋण भुक्तान गर्न तयार रहेको समाजिक सञ्जाल ट्वीटमार्फत बताएका छन् । उनी विभिन्न  बैंकबाट ऋण लिएर देशबाटै फरार भएका थिए ।

उक्त ट्वीटमा उनले ‘म बैंकको सबै ऋण तिर्छु तर ब्याज तिर्दिन’ भनेर लेखेका छन् । उनका अनुसार भारतमा उनलाई मिडिया र नेताहरुले अपराधि बनाइरहेका छन् ।

किङफिसर एयरलाइन्सले राम्रो राजश्व तिरेको तर एयरलाइन्स घाटामा  गएपछि उनलाई कर तिर्न गाह्रो भएको उनले बताएका छन् । उच्च अदालतमा पनि अपील गर्दै सबै बैंकको साँवा रकम तिर्न आफू तयार रहेको विजयले बताए । उनले आफ्नो कुरालाई सबैले बेवास्ता गरेको समेत आरोप लगाएका छन् ।

उनी अहिले लण्डनमा रहेको बताइन्छ । अदालतका अनुसार उनले करीब ९ हजार करोड ऋण खाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?