राष्ट्रिय वाणिज्य बैंकको Business Meet-2075 कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय वृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित Business Meet-2075 चितवनको सौराहमा सम्पन्न भएको छ । 

सो कार्यक्रममा प्रतिस्पर्धी बैंकिङ्ग बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ्ग, गैर कोषमा आधारित व्यवसाय वृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।

कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्घाटन गर्दै बजारमा राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय, नेटवर्थ, कार्यसंजाल ठूलो भएको हुंदा रावा बैंकले नै मार्केटलाई डोर्याउनुपर्ने दायित्व रहेकाले व्यवसाय वृद्धि गर्न शाखा प्रवन्धकहरुलाई निर्देशन दिए । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, नायव महाप्रवन्धकहरु केसबप्रसाद लम्साल, टेकराज जोशी, विभागीय प्रमुखहरु, क्षेत्रीय प्रवन्धकहरु लगायतको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?