निगमका महाप्रवन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद भट्टराई

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारको राजीनामा माग गरेका छन् । 

बुधवास बसेको  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा नेकपाका सांसद विशाल भट्टराईले निगमका महाप्रबन्धक कंसाकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । 

वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको भन्दै सांसद भट्टराई निगमका महाप्रबन्धक कंशाकारलाई बर्खास्त गनूपर्ने आवाज उठाउँदै आएका थिए । साथै विमान प्रकरणमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गर्नुपर्ने माग समेत गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?