एभरेष्ट प्रिमियर लिगमा चियर लिडर्सले थप मनोरञ्जन दिने

काठमाडौं । यहि शनिवारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ क्रिकेट प्रतियोगिताको लागि चियर लिडर्स ल्याइएको छ । 

लण्डनबाट ल्याइएको ६ जना चियर्स लिडर्सलाई बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । घरेलु क्रिकेटको सर्वाधिक सफल मानिएको यो प्रतियोगितामा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिने बताइएको छ । 
 
आयोजक आमिर अख्तरका अनुसार ६ जना चियर्स लिडर्सलाई ‘होम एण्ड अबे’ दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन-तीन जना चियर्स लिडर्स बाडिने पनि उनले बताए । खेलको दौरान मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । 

यसैबीच राष्ट्रिय टिमका तथा विराटनगर वारियर्सका कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको यो प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र समृद्धीमा सहयोग पुग्ने उनले बताए ।

यि ६ जनाले विगत दुई वर्षदेखि इन्डियन प्रिमियर लिग ‘आइपिएल’मा दिल्ली डेर डेभियल्सबाट चियर्स लिडर्सको रुपमा काम गर्दै आइरहेको पनि आयोजक अख्तरले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?