सुपर हेवा पावरले साधारण शेयर निष्काशन गर्ने

लोकपथ
56
Shares

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गर्ने शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्कबहादुर तामाङले हस्ताक्षर गरे । सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित दरका रु ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?