लुम्बिनी विकास बैंकको १५ औं बार्षिक साधारण सभा सम्पन्न

लोकपथ
63
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आ. व. २०७८/७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै साधारण सभा सम्पन्न भएको हो ।

सभाले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर सहित कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविण कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न १५ औं वार्षिक साधारण सभामा आ.ब. २०७८/७९ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराज्यूले स्पष्ट पारेका थिए ।

साथै, १५ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समितीको निर्बिरोध चयन गरेको छ । जसमा, संस्थापक शेयरधनीहरु (समूह “क”) को तर्फबाट श्री चिन्तामणी भट्टराई, श्री रामचन्द्र सिग्देल र श्री प्रविण कृष्ण श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीहरु (समूह “ख”) को तर्फबाट श्री गणेश राज रेग्मी, श्री अर्जुन थापा र श्री केशव खतिवडा निर्बिरोध निर्वाचित भए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?