अर्थमन्त्रीको राजीनामा माग्दै शेयर लगानीकर्ता अार्इतबारदेखि अनसन बस्ने

काठमाडाैं : शेयर बजार निरन्तर वियरिस ट्रेन्डमा जाँदा अर्बाैं सम्पति गुमार्इसकेका पूँजीबजारका लगानीकर्ताहरू अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग्दै अार्इतबारदेखि अनसन बस्ने भएका छन् । 

शेयर लगानीकर्ता दबाब समूह गठन गरि शेयर बजार बढाउने माग राख्दै अान्दोलन गरिरहेका लगानीकर्ताहरूले अाफ्ना माग पुरा नभएपछि अनसनको बाटो रोज्न लागेका हुन् । शेयरबजार घट्ने र बढ्ने प्रकृया सामान्य भएपनि असामान्य क्षति ब्यहोरेका लगानीकर्ताहरू यतिबेला तनावमा देखिएका छन् । 

शेयर बजारबारे अर्थमन्त्री खतिवडा नकारात्मक बनेको र अाफ्नो सम्पतिको रक्षा नभएको जनाउँदै लगानीकर्ताले मंसिर २३ गतेदेखि अनसन बस्ने विज्ञप्ति जारी गरेका छन् । पूर्ण तयारी नगरी ल्यार्इएको अनलार्इन प्रणाली र समग्र वित्तीय बजारका कारण अहिले नेपालको शेयरबजार तीब्र गतिमा खस्किरहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालय, शिंहदरबारमा अार्इतबार बिहान १० बजेदेखि रिले अनसन बस्ने लगानीकर्ताहरूले जानकारी गराएका छन् । पूँजी बजारको विस्तार र सुधारमा अर्थमन्त्री खतिवडा नै बाधक रहेको लगानीकर्ताहरूले दाबी गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?