एजेन्सी । बार्सिलोना कोपा डेल रे फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बुधवार राति सम्पन्न भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसालाई ४-१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को स्थान तय गरेको हो ।
खेल शुरु भएको १८ मिनेटमा नै बार्सिलोनाका लागि म्युनिर एल हाडदादीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै २६ औँ मिनेटमा डेनिस स्वारेजले गोल गरे । एक पक्षिय रहेको खेलको ४३ औँ मिनेटमा मालकमले गोल गर्दै क्लबको अग्रतालाई तेब्बर बनाए ।
खेलको पहिलो हाफसम्म ३-० गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा भने एक गोल मात्र ग-यो । लियोनेसाका लागि खेलको ५४ औँ मिनेटमा जोसेफ सेनेले गोल गरे । यता ७० औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गरे ।
लियोनेसाविरुद्धको खेलमा बार्सिलोनाले कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र गेरार्ड पिके लाई दिएका थिए ।
दोस्रो लेगको जीतसँगै बार्सिलोनाले समग्रमा ५-१ गोलको जीत निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेलमा बार्सिलोनाले लियोनेसालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै बुधवार राति नै भएको अन्य खेलहरुमा जीत हात पार्दै एथ्लेटिको म्याड्रिड, जिरोना, सेभिल्ला, भिल्लारियल, रियल सोसिडाट र भाल्लाडोलिट पनि अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया