काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेश गरेका छन् । आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षरसहित गिरीले प्रदेश प्रमुख अमिक शेरचनसहित दाबी पेस गरेका हुन् ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३-३, सीट छन् । नागरिक उन्मुक्तिसँग ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया