एजेन्सी । उपाधि दौडमा रहेको चेल्सी जारी इंग्लिश प्रिमियर लिग फुटबलमा पराजित भएको छ ।
उपाधि होडमा रहेको चेल्सी उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको १८ औँ मिनेटमा चेल्सीका लागि रोबिन लोफ्टसले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको चेल्सीले अग्रतालाई जोगाउन नसक्दा खेलमा हार बेहोरेको हो ।
दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै उभ्ल्सले बराबरी गोल फकार्यो ।
खेलको ५९ औँ मिनेटमा उल्भ्सका राउल जेमिनिजले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक बनेको खेलको ६३ औँ मिनेटमा डिएगो जोटाले गोल गरेपछि चेल्सी स्तब्ध बनेको थियो । हारपछि चेल्सीले तेस्रो स्थानमा गुमाएको छ ।
चेल्सी १५ खेलबाट ३१ अंक सहित लिगको चौथो स्थानमा छ । जितपछि उल्भ्स भने १९ अंक जोड्दै लिगको १२ औँ स्थानमा उक्लिएको छ ।
त्यस्तै बुधवार राति नै भएको म्यान्चेस्टर युनाइटेड र आर्सनलबीचको खेल भने दुई-दुई गोलको बराबरीमा सकिएको छ । म्यान्चेस्टर युनाइटेडका लागि एन्थोनी मार्सियल र जेसे लिंगार्डले समान एक-एक गोल गरे ।
मार्सियलले खेलको ३० औँ र लिंगार्डले ६९ औँ मिनेटमा गोल गरे । यता आर्सनलका लागि भने खेलको २६ औँ मिनेटमा स्कोड्रान मुस्ताफीले गोल गरे । ६८ औँ मिनेटमा रोजोले आत्मघाती गोल गरे ।
बराबरीपछि पाँचौ स्थानमा रहेको आर्सनलले १४ खेलबाट ३० अंक बनाएको छ भने २२ अंक साथ जोडेको म्यान्चेस्टर युनाइटेड नवौं स्थानमा छ ।
बुधवार राति नै भएको फुलह्याम र लिचेस्टरसिटीबीचको खेल पनि एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया