काठमाडौं । सुदूरपश्चिम नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन रहेको छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएसँगै नेता रावलले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
नगरिक उन्मुक्ति पार्टीले बुधबार भएको छलफलमा समर्थन जनाउने निर्णय लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया