एजेन्सी । टोट्नह्याम इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बुधवार राति सम्पन्न भएको १५ औँ चरणको खेलमा खेलमा टोट्नह्यामले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको हो । खेलको नवौं मिनेटमा नै ह्यारी केनले गोल गर्दै टोट्नह्यामलाई अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता लिएको टोट्नह्यामले दोस्रो हाफमा थप दुई गोल ग-यो । त्यस्तै ५५ औँ मिनेटमा सन ह्युङ मिनले गोल गरे । यता साउथह्याम्पटनका लागि चार्ली अस्टिनले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
जितपछि टोट्नह्यामले १५ खेलबाट ३३ अंक बनाएको छ ।
त्यस्तै बुधवार राति नै भएको अर्को खेलमा लिभरपुलले बर्नलेलाई ३-१ गोल अन्तरले पराजित ग-यो । लिरभपुलको जीतमा मिल्नर, रोबेर्टो फिर्मिनो र साकिरीले समान एक-एक गोल गरेका थिए । यता बनलेका लागि भने कोर्कले एक मात्र गोल फर्काएका थिए ।
जितपछि लिभरपुल ३९ अंकका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै बुधवार राति नै भएको न्युक्यासल र इभर्टनबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया