बुधबार १९ मङ्सिर, २०७५ Monday, 27 May, 2019

'एक्सचेञ्जज अफर' मेला आजबाट शुरु हुँदै

काठमाडौं । अब नेपालमा नै विभिन्न मोडलका मोबाइल, ल्यापटप, क्यामेरा तथा आईफोन, आइप्याड, म्याक लगायतका समान किस्ताबन्दीमा किन्न पाइने भएको छ।

सुन्धारास्थित सिटीसी मलमा सिटीसी मोबाईल हबले बिहीवारदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने भएको हो ।


ADVERTISEMENT

एक्सचेञ्जज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा अफर मेलाको आकर्षण बन्ने मोबाइल हबले जनाएको छ ।

उक्त ‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मुल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ  । सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठका अनुसार मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न पाइने बताए । 

९ हजार ९ सय ९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयादेखि ३ लाख १५ हजार रुपैंयासम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिने पनि उनले जानकारी दिए । 
 

Leave a comment