ओपोले नेपालमा आर-सिरिजका फोन सार्वजनिक गर्ने

काठमाडौं । स्मार्ट फोन ब्रान्ड ओपोले  पछिल्लो सिरिजको फोन नेपाली बजारमा भित्र्याउने भएको छ।

चीनमा  भर्खरै सार्वजनिक भएको आर १७ र आर १७ प्रो सार्वजनिक गरेको कम्पनीले नेपालमा पनि आर–सिरिजका फोन सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ । 

कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ तीनवटा क्यामेरा रहेका छन्। यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।

ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक गर्ने मितिको घोषणा भने गरेको छैन। डुअल–सिम नानो प्रयोग गर्न सकिने ओपो आर १७ प्रोमा एण्ड्रोइड ८ दशमलब १ ओरियोमा आधिरित कलर ओएस ५ दशमलब २ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ ।

स्मार्टफोनमा ९१ दशमलब ५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६ दशमलब ४ ईञ्च  भएको फुल–एचडी डिस्प्ले  रहेको छ । त्यसैगरी, फोनमा ८ जीबी (यामका साथ माओक्टा–कोर क्वालकम स्न्याप ड्र्यागन ७ सय १० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?