काठमाडौं । पछिल्लो तीन दिन लगातार तीन वटा ठूला बैंकहरु मर्जर तथा प्राप्तीमा सामेल भई एकीकृत कारोबार सुरु गरे पश्चात वाणिज्य बैंकहरुको संख्या २५ बाट २२ वटामा झरेको छ ।
सुरुवाती दिन अर्थात् यही पुस २५ गते ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाडौं लिमिटेडलाई मर्ज गरी ग्लोबल आईएमई बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गरिसकेको छ । यही पुस २६ गते प्रभु बैंकले पनि सेञ्चुरी कर्मसियल बैंकलाई प्राप्ती गरी एकीकृत कारोबार सुरु गरिसकेको छ ।
यसैगरी पुस २७ गते बुधबार पनि नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई मर्जर गरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गरिसकेको छ । सो अनुसार पछिल्लो तीन दिनमा वाणिज्य बैंकहरुको संख्या २५ वटाबाट २२ वटामा झरेको हो । यसअघि कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कर्मश बैंकलाई मर्ज गरी अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात यही पुस १७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।
यसै साता लक्ष्मी बैंक र सनराईज बैंकले पनि एक आपसमा मर्जरमा जानको लागि औपचारिक सम्झौंता गरिसकेका छन् । यसले गर्दा पनि अबको केही समय पश्चात वाणिज्य बैंकहरुको संख्या २१ वटा झर्ने छ । हालको अवस्थमा भने पछिल्लो समय चार वटा वाणिज्य बैंकहरु एक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेकाले अहिले बैंक तथा फाईनान्स कम्पनीहरुको कुल संख्या एक सय २१ वटामा झरेको छ ।
जसअनुसार वाणिज्य बैंकहरुको संख्या २२, विकास बैंकहरुको संख्या १७, फाईनान्स कम्पनीहरुको संख्या १७, लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६४ र पूर्वाधार विकास बैंकको संख्या एक समेत गरेर कुल बैंक तथा वित्तीय संस्थाहरुको संख्या एक सय २१ वटामा झरेको छ । यस अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने ११ हजार छ सय ३२ पुगेको छ ।
सो अनुसार वाणिज्य बैंकहरुको पाँच हजार ९० वटा, विकास बैंकहरुको एक हजार एक सय २३ वटा, फाईनान्स कम्पनीहरुको दुई सय ७५ वटा र लघुवित्त वित्तीय संस्थाहरुको पाँच हजार एक सय ४४ वटा समेत गरी उक्त परिमाणमा शाखाहरु सञ्चालनमा रहेको देखिएको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या
बैंक तथा बैंक तथा वित्तीय बैंक तथा वित्तीय
वित्तीय संस्था संस्थाको संख्या संस्थाको शाखा संख्या
२०७८ असार मसान्त २०७९ कार्तिक २०७८ असार मसान्त २०७९ कार्तिक वाणिज्य बैंक २७ २६ ५००९ ५०९०
विकास बैंक १८ १७ १११८ ११२३
वित्त कम्पनी १७ १७ २६७ २७५
लघुवित्त संस्था ७० ६४ ५१३४ ५१४४
पूर्वाधार विकास बैंक १ १ — —
जम्मा १३३ १२५ ११५२८ ११,६३२
श्रोत नेपाल राष्ट्र बैंक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया