काठमाडौं । प्रदेश नं १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् ।
सभामुखमा उनको मात्रै दाबी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।
ओखलढुंगा प्रदेश सभा ख बाट निर्वाचित गौतमलाई सत्तापक्ष र प्रतिपक्षको समेत समेत समर्थन रहेको थियो ।
नवनिर्वाचित गौतमले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । उनी प्रदेश सभाको दोस्रो सभामुख हुन् । यसअघि २०७४ को निर्वाचनपछि एमालेका सांसद प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया