रोहित लिग वानको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द इन्डोनेशिया लिग वानको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका छन् । 

पेर्जिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल खेलिरहेका उनले आफ्नो क्लबलाई लिगको शीर्ष स्थानमा पु-याउन महत्वपूर्ण योगदान दिएको भन्दै इन्डोनेशिया लिग वानको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेको बताइएको छ ।

उनले लिग अवधीभर ३० खेल खेल्दै तीन गोल गरेका थिए भने दुई गोल असिस्ट गरेका थिए । रोहितसँगै पर्सिविया स्ट्राइकर डेभिड द सिल्भा र पिएसएम विलिम जान प्लुयम पनि मनोनयनमा परेका छन् । टिएसजी सदस्य सुदिरमानका अनुसार लिग अवधीभर मनोनयनमा परेका तीनै जना खेलाडीहरुको प्रर्दशन उच्च रहेको बताए ।

यहि साता लिगको शीर्ष स्थानमा रहेको पेर्जिजा र पिएसएम माकास्सरबीच फाइनल खेल हुँदैछ । पेर्जिजको ५९ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?