‘ए’ डिभिजन लिग : आर्मी र फ्रेण्ड्सले अंक बाड्यो, खेलमा गोलरक्षक देव लिम्बु नायक बने

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग बराबरी खेलको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको पहिलो खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै समान एक-एक अंक बाडेका छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए । खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई दवावमा राखेपनि गोल गर्न भने असफल भयो ।

आर्मीले पहिलो रोजाईको रहेको खेलाडीहरु भरत खवास, जर्ज प्रिन्स कार्कीबिना मैदानमा उत्रिएको आर्मीले खेल अवधिभर केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न नसक्दा महत्वपूर्ण तीन अंक गुमायो ।

आर्मीले गरेको उत्कृष्ट प्रहारलाई फ्रेण्ड्सका गोलरक्षक देव लिम्बुले विफल पारिदिए । खेलमा फ्रेन्ड्सका गोलरक्षक लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

बराबरीपछि आर्मी क्लबले ६ खेलबाट १४ अंक बनाएको छ । यता फ्रेन्ड्सले भने ६ खेलमा ५ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?