काठमाडौं । गायिका समिक्षा अधिकारी सामाजिक सञ्जालमा कडा रुपमा प्रस्तुत भएकी छिन् ।
सामाजिक सञ्जालमा उनले राखेका तस्बिर र टिकटक भिडियोहरुमा निरन्तर नकारात्मक प्रतिकृया आएपछि उनी सामाजिक सञ्जालमा कडा रुपमा देखिएकी हुन् ।
उनले आफूमाथि आइरहेको नकारात्मक प्रतिक्रियाप्रति कटाक्ष गर्दै अर्थपूर्ण बोल्न साधाना चाहिने भन्दै सस्तो रुपमा मनलागी बोल्न सजिलो रहेको बताएकी छिन् ।
‘वचनले दिएको घाउको औषधी वचन नै हो । वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’ उनले भनेकी छिन् ।
केहीदिन यता उनी आफूहरुमाथि आइरहेका नकारात्मक प्रतिक्रियाको सामाजिक सञ्जालमा खण्डन गरिरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया