इपिएलको ट्रफी सार्वजनिक

काठमाडौं । यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ टी–२० क्रिकेट प्रतियोगिताका ट्रफी सार्वजनिक गरिएको छ । 

इपिएल आयोजकले आज एक कार्यक्रम गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । 

यसअघि बुधवार मात्र आयोजकले ६ जना चियर्स लिडस सार्वजनिक गरेको थियो । 

आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रा।लिका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए । 

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखराले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले मान्यतासमेत दिइसकेको छ । उद्घाटन खेलमा विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सले खेल्नेछन् । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?