राष्ट्र बैंकद्वारा ब्याजदरको अन्तर (स्प्रेडदर) घटाउनु पर्ने सयम थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपमा दिने र ऋणमा लिने ब्याजदरको अन्तर (स्प्रेडदर) घटाउनु पर्ने सयम थप गरेको छ ।

राष्ट्र बैंकले बिहीवार निर्देशन जारी गर्दै स्प्रेडदर तोकिएको सिमा भित्र ल्याउने समय थप गरेको हो । राष्ट्रिय स्तरको विकास बैंक र फाइनान्स कम्पनीको हकमा पुस मसान्त सम्ममा स्प्रेडदर ५ प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

यसअघि असोज मसान्तसम्मको समय तोकिएको थियो । यसै गरी राष्ट्रिय स्तर बाहेकका विकास बैंक र फाइनान्स कम्पनीले भने २०७६ असार मसान्तसम्म स्पेडदर पाँच प्रतिशतमा झार्नु पर्नेछ । 

यसैगरी अबदेखि बैंक तथा वित्तिय संस्थाहरुले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि बमोजिम प्रवाह गरेको ऋणलाई सिसिडी गणनाबाट घटाउन सकिनेछ । यसअघि यो राष्ट्र बैंकको त्रैमासिक समिक्षामा घोषणा भइसकेको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?