‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाईज र मछिन्द्र क्लबले बराबरी खेल्यो

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाईज क्लब र मछिन्द्र क्लबले बराबरी खेलेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाईज र मछिन्द्र क्लबले गोलरहित बराबरी खेल्दै समान एक-एक अंक बाड्यो । 
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।

त्यस्तै दोस्रो हाफमा पनि दुवै क्लबबाट गोल हुन नसकेपछि खेलमा समान एक-एक अंक बाडेको हो । खेलमा ब्रिगेड ब्वाइजका जय गुरुङ म्यान अफ दि म्याच चुनिए ।

बराबरीपछि ब्रिगेड ब्वाइजले ६ खेलबाट ४ अंक बनाएको छ भने मछिन्द्रले ६ खेलबाट ३ अंक मात्र जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?