नयाँ वर्षदेखि भारतमा कारको मुल्यमा वृद्धि हुने

एजेन्सी । भारतीय कार कम्पनीहरुले आउँदो नयाँ वर्ष २०१९ को जनवरीदेखि कारको मूल्य बढाउने योजना बनाएको छ।

बिभिन्न कम्पनीहरु मध्ये केहि कम्पनीहरुले कारको मूल्य बढाउने घोषणा समेत गरिसकेका छन् । बाँकी कम्पनीहरु पनि  मूल्य बढाउने प्रकृयामा  छन् । कारको मूल्य दर एक लाख भारतीय मूल्यसम्म हुन सक्ने अनुमान गरिएको छ।

मारुती सुजुकी कम्पनीका  अनुसार आफ्नो सबै मोडलका कारहरुको मूल्य बढाउने प्रस्ताब गरेको साथै  हरेक मोडलको मूल्यमा छुट्टा छुट्टै वृद्धि दर तोकिने जनाएको छ ।

उक्त कम्पनीले चाँडै मूल्य सार्वजनिक  भएको छ । 
गत साता  टोयोटा किरलोस्कर मोटर्स र फोर्डले एक कारको मूल्य बढाएका थिए । भने टोयोटाले ४ प्रतिशत मूल्य बढाएको छ  साथै  फोर्डले १ देखि ३ प्रतिशतसम्म मूल्य वृद्धि गरेको  हो ।

हालै  महेन्द्रले आफ्नो मल्टी पर्पज व्हीकल माराजोको मूल्यमा ३० देखि ४० हजार भारु वृद्धि गरेको छ ।

जर्मन लग्जरी कार मेकर कम्पनी बीएमडब्ल्यूले  आफ्नो सबै कारको मूल्य ४ प्रतिशतले बढेको घोषणा गरेको छ । त्यसैगरी सुजुकी मोटर भारतले आफ्नो कारको मूल्यमा १ लाख रुपैयाँसम्म वृद्धि गर्ने संकेत देखाएको  हो ।

भारतीय कार कम्पनीहरुले कारको मूल्य वृद्धि गरे सँगै नेपालपनि स्वभाविक रुपमा कारको मूल्य चुलिने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?