विश्व पौडी प्रतियोगिता खेल्न ४ खेलाडीसहितको टोली चीन प्रस्थान

काठमाडौं । आगामी मंगलवारबाट चीनमा शुरु हुने १४ औँ विश्व पौडी प्रतियोगितामा सहभागी हुन ४ नेपाली खेलाडीको बिदाई गरिएको छ । 

चीनको ग्वाङ्जाओमा हुने यो प्रतियोगितामा नेपालका ४ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्दैैछन् । बिदाई गरिएका ४ खेलाडी र एक प्रशिक्षक र एक टिम लिडर रहेका छन् । 

सुभम श्रेष्ठले ५० र सय मिटर ब्रेस्टट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै  अनुभव सुब्बामा ५० र सय मिटर बटरफ्लाई, टिसा शाक्यले ५० तथा सय मिनेट फ्रि स्टाईल तथा आयुश्मा तुलाधरले ५० मिनेट ब्रेस्टट्रोक र ५० बटरफ्लाई स्पर्धामा सहभागी जनाउनेछन् । 

खेलाडी सहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमका बीच बिदाई गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?