काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराई पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंकको यही पुस २६ मा सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन भएका थिए ।
नवनियुक्त अध्यक्ष भट्टराईज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसमक्ष बिहीबारपद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य गरेको अनुभव छ ।
त्यस्तै, साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुबित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ । उनले रोटरी इन्टरनेशनलसंग विगत दुई दशक भन्दा बढी समयदेखि आवद्ध रही सन् २०१८/०१९ को लागि नेपाल–भुटान डिष्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पु¥याउँदै आएका छन् ।
उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ । शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट, निर्देशक श्री बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लि.का नव निर्वाचित सञ्चालक गणेशराज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रवन्धक श्री दिपक खनालको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया