सन्दीपका वकिल भन्छन्- ‘क्यानले स्वतः कप्तानमा फिर्ता ल्याउनुपर्छ’

लोकपथ
63
Shares

काठमाडौं । उच्च अदालत पाटनको आदेशमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन् ।

बिहीबार २० लाख धरौटी र केही शर्तसहित उच्च अदालत पाटनले लामिछानेलाई छाड्न आदेश दिएको हो । त्यससँगै उनी पुनः राष्ट्रिय टिममा फर्काइन्छ वा फर्काइन्न भन्ने चासोका साथ हेरिएको छ ।

सन्दीप पक्षका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले भने उनलाई राष्ट्रिय टिममा फर्किनका लागि कानुनले नरोक्ने दाबी गरेका छन् ।

शुक्रबार सन्दीपलाई भेटेपछि उनले भनेका छन्, ‘थुनाबाट बाहिर आएपछि क्यानले उनलाई स्वतः कप्तानमा फिर्ता ल्याउनुपर्छ ।’

एक युवतीले सन्दीपले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा उजुरी दिएकी थिइन् । त्यससँगै असोज २० गते पक्राउ परेका लामिछानेलाई कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले मंसिर २९ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?