‘गरुड पुराण’ को यो गीतमा नाचेर ५० हजार जित्नुस्

काठमाडौं । आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गरुड पुराण’ को गीत ‘म त पिरिममा’ मा कभर भिडियो प्रतियोगिता गरिने भएको छ । निर्माण टिमले जनाएअनुसार मदानी क्रियशनको सहकार्यममा गीतको भिडियोमा कभर भिडियो प्रतियोगिता गर्न लागिएको हो ।

विजेता समूहले पुरस्कार स्वरुप ५० हजार रुपैयाँ जित्नुका साथै म्यूजिक भिडियोमा समेत अभिनय गर्ने मौका पाउने फिल्मका निर्देशक सुवास कोइरालाले जानकारी गराए ।

यो गीतलाई दिनेश राउतले लेखेका हुन् । उनले निर्देशन गरेको फिल्म ‘प्रसाद’ भोलि शुक्रवारबाट रिलिज हुँदैछ । यो गीतमा कोशिश क्षेत्री र मनीषा पोखरेलको स्वर सुन्न सकिन्छ भने भिडियोलाई रेनाशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन् ।

यस्तै गीतको भिडियोमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियंका सिंह, अञ्जली योञ्जन लगायतले अभिनय गरेका छन् ।

सोही गीतको भिडियोमा भाग लिनका लागि भिडियो तयार पारेर [email protected] मा इमेल गर्न सकिने आयोजकले जनाएको छ । गीतका लागि एकल, युगल या सामुहिक नृत्यको भिडियो तयार पार्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?