‘लिटिल मेस्सी’ नामले परिचित महमदीलाई ज्यान मार्ने धम्की

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीको नाम लेखिएको जर्सी लगाएर चर्चामा आएका अफगानिस्तानका बालक मुर्ताजा महमदीलाई ज्यान मार्ने धम्की आएको बताइएको छ । 

‘लिटिल मेस्सी’ नामले परिचित महमदीलाई आतंककारी समूह तालिवानले मार्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताइएको छ । ज्यान मार्ने धम्की आएकै कारण ती बालकले घर छाडेका छन् ।

अफगानिस्तानको दक्षिण पूर्वी गाजिया प्रान्तमा बसेबास गर्दै आइरहेका सात वर्षे महमदीलाई मार्ने धम्की बेला-बेला तालिवानले दिदै आइरहेको पनि बताइएको छ । हाल ती बालक  गाजिया प्रान्तबाट काबुलमा सरेका छन् ।

अहिले महमदीका चार दाजुभाई सहित परिवार नै काबुलमा बसिरहेका छन् । 

सन् २०१६ मा मेस्सी लेखिएको प्लास्टिकको जर्सीमा फुटबल खेल्दै गरेको तस्वीर सार्वजनिक भएपछि महमदी एकाएक चर्चामा आएका थिए ।

सामाजिक संजालमा भाइरल भएपछि मेस्सीले महमदीलाई कतारको दोहामा भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?