आमिरसँग काम गर्नलाई दीपिकाले गरिन् इन्कार

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको अहिले पनि बिहेको चर्चामै छिन् । बिहेपछि दीपिकाले फिल्मले एक फिल्म रिजेक्ट गरेको कुराले चर्चा भएको छ ।

खबरका अनुुसार आमिर खानले निर्माण गर्ने फिल्म ‘महाभारत’ मा काम गर्न इन्कार गरेकी छिन् ।

आमिर खानले आफ्नो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को असफलतापछि बिग बजेटको फिल्म ‘महाभारत’ बनाउने तयारीमा जुटेका छन् । उनी महाभारतमाथि वेब सिरिज बनाउन लागिरहेका छन् । यो फिल्ममा दीपिकाले काम गर्ने हल्ला चलेको थियो । फिल्ममा दीपिकाले दौपद्रीको भूमिका निभाउने चर्चा थियो । तर अहिले आएर यो भूमिकामा अभिनय गर्न दीपिकाले इन्कार गरिदिएकी छिन् ।

केही महिना पहिलो दीपिकालाई सिद्धार्थ राय कपूरले लिएर आमिरको घर गएका थिए । आमिरको महत्त्वाकांक्षी यो प्रोजेक्टमा दीपिकालाई लिन निर्माण टिमले चाहेको थियो । तर दीपिकाले भने इन्कार गरिदिइन् ।

बिहेपछि दीपिका पादुकोण निर्देशक मेघना गुलजारको फिल्मको तयारीमा लागेकी छिन् । यो फिल्म एसिड एट्याकमा परेकी लक्ष्मी अग्रवालको जीवनमाथि आधारित छ ।

आमिर खानको ‘महाभारत’ भने आठ भागमा रिलिज गरिनेछ । फिल्मलाई फरक निर्देशकले निर्देशन गर्ने पनि जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?