‘जय श्री दाम’ को कमेडी ट्रेलर, जेबिका र अमृतको जोडी? (भिडियो)

काठमाडौं । चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक भएको छ । अमृत ढुंगाना र जेबिका कार्कीको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलरलाई कमेडी स्वादमा प्रस्तुत गरिएको छ ।

अमृत र जेबिकासँगै विनोद न्यौपाने, प्रमोद खग्रहरि, राजन खतिवडा, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो फिल्म आउँदो पुस २० गतेदेखि रिलिज हुँदैछ ।

चलचित्रको स्किृप्ट विप्लप उप्रेती र अमरदीप सापकोटाले लेखेका हुन् भने मित्र डी गुरुङले फिल्म सम्पादन गरेका हुन् । यस्तै फिल्मलाई नवराज उप्रेतीले खिचेका हुन् भने विप्लप उप्रेतीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?