कम्बोडियाली प्रधानमन्त्री मालदिभ्सको भ्रमणमा

लोकपथ
7
Shares

काठमाडौं । कम्बोडियाली प्रधानमन्त्री सामदेक टेको हुन सेन मालदिभ्सको भ्रमणमा गएका छन् । उनी आइतबार बिहान माललभ्सिका लागि प्रस्थान गरेको कम्बोडियाको राजधानी नोम्पेन्हबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

एकजना कम्बोडियाली अधिकारीले प्रधानमन्त्री हुन सेन मालदिभ्सको तीन दिने भ्रमणका लागि आइतबार बिहान मालदिभ्सको राजधानी माले प्रस्थान गरेको जानकारी दिए । कम्बोडिया र मालदिभ्सका बीचमा सन् १९९५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कम्बोडियाका प्रधानमन्त्रीको यो पहिलो भ्रमण भएको प्रधानमन्त्री हुन सेनसँगको भ्रमणमा रहेका कम्बोडियाली एकजना मन्त्री सिरी थामरोङले जानकारी दिएका छन् ।

नोम्पेन्हको अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले सो कुराको जानकारी दिए । उनले प्रधानमन्त्री हुनसेनको यस भ्रमणका क्रममा मालदिभ्ससँग दुई पक्षीय सम्झौता पनि हुने बताएका थिए । उनले भनेका थिए ‘प्रधानमन्त्री हुनसेनले मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

साथै त्यस अवसरमा दुई देशका बीचमा केही सहमति र सम्झौता पनि हुने भएको छ ।’ उनले दुई देशका बीचमा विभिन्न छ ओटा क्षेत्रमा सम्झौता पनि हुन लागेको जानकारी दिए । कूटनीतिक, पर्यटन, स्वास्थ्य र वातावरणका क्षेत्रमा कम्बोडिया र मालदिभ्सका बीचमा समझदारी हुन लागेको पनि उनले जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?