विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा चीनसँग कोरोनाको सूचनाबारे छलफल

लोकपथ
14
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले चीनले कोरोना महामारीको विषयमा सूचना उपलब्ध गराउन भनेका छन् । उनले चिनियाँ स्वास्थ्य अधिकारीसँग शनिबार गरेको कुराकानीमा सो कुरा बताएको समाचारमा जनाइएको छ ।

चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रस आधनम ग्याब्रियसले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओइसँग कुराकानी गरेका हुन् ।

उनले दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका प्रवन्ध निर्देशक ग्याब्रियसले चीनमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनका साथै बाहिरी विश्वलाई पनि सूचना उपलब्ध गराउनु भनेका थिए ।

उता निर्देशक सियाओइले भने चीनले यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखि नै कोरोनाका बारेको सूचना उपलब्ध गराउँदै आएको बताएको थियो । निर्देशक सियाओइले चीनले नै सबैभन्दा बढी कोरोनाको उपचार, यसको भाइरसका साथै अन्य उपचारसम्बन्धी सूचनाहरु सुरुदेखि नै उपलब्ध गराउँदै आएको जानकारी सो अवसरमा दिएका थियो ।

विश्व स्वास्थ्य संगठन र अरु देशहरुले पछिल्लो समयमा चीनमा फैलिएको कोरोनाको सूचना उपलब्ध नगराएको आरोप लगाउँदै आएको छ ।तर चीनले पनि यस सक्रमणका विषयमा कुनै पनि सूचना नलुकाएको र सबै सूचनाहरु उपलब्ध गराउँदै आएको दाबी गरेको छ ।

त्यस अवसरमा चीनले विश्व स्वास्थ्य संगठनसँग मिलेर काम गर्ने र यस विषयमा सूचनाका साथै उपचार व्यवस्था र अन्य प्राविधि विषयमा सूचना आदानप्रदान गर्ने सहमति भएको जनाइएको छ । साथै महानिर्देशक ग्याब्रियसले कोरोना भाइरसको नियन्त्रणका लागि गर्दै आएको प्रयासका साथै यससम्बन्धी विविध प्राविधिक सूचनाहरु आदानप्रदान गर्दै आएकामा चीनको प्रशंसा गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?