काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’को विवाद नेपाली खेलकुद क्षेत्रमा कुनै नौलो कुरा होइन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले गरेको प्रतिबन्ध र आन्तरिक विवादका कारण झन् जटिल बन्दै गरेको नेपाली क्रिकेट समाधानको बाटोतर्फ लम्किएको छ ।
अहिले खेलाडीहरु प्रशिक्षण गर्न जादा होस् वा चिया कफी खाँदा । गफ गर्ने एउटै विषय बनेको छ । के नेपाल क्रिकेट संघको विवाद समाधान होला ? ‘क्यान’ विवाद जारी भइरहेको अवस्थामा नेपाली एक दिवसीय मान्यता मात्र प्राप्त गरेन । केही उपलब्धीहरु पनि हासिल ग¥यो । राष्ट्रिय टिमका कप्तान पारस खड्काले यस अघि पनि नेपालमा क्रिकेट संघ नहुँदा थुपै दुःख पाएको समेत गुनासो गरेका थिए । उनले लोकपथसँग कुरा गर्दै भने, ‘निस्फिक्री भएर कहिल्यै खेल खेल्न पाएन । वान म्यान भएर सबै काम गरिरहनु परेको छ, खेलाडीले खेलमा मात्र ध्यान दिएर खेल्न पाएको भए अझै नेपालले थुपै अप्रत्यासित नजिता निकाल्न सक्थ्यो’ ।
खड्काको यो अभिव्यक्तिले साच्चैँ नेपाली खेलकुदमाथि राजनीतिक हस्तक्षेप भएको प्रमाणित हुन्छ । तर, यो नौलो कुरा चाँहि पक्कै होइन । पहिले देखि नै नेपाली खेलकुदमाथि राजनीतिक हस्तक्षेप हुँदै आइरहेको छ । राष्ट्रिय खेलकुद परिषद्मा राजनीतिक कार्यकर्ता भर्ति गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा जानेसम्म सबै गैर खेलकुद व्यक्तित्वहरु नै हाबी हुँदै आइरहेको छ । त्यसैको परिणाम क्यानमा समेत देखिएको छ ।
यसअघि क्यानमा देखिएको विवादलाई समाधान गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’बीच सल्लाहकार समिति बनाएर अघि बढ्ने सहमति भएको थियो । सोहीअनुसार सल्लाहकार समिति चयनको तयारी पनि भएको थियो ।
तर, यो निर्णय पनि ठिक नभएको भन्दैै एक पक्षले स्वीकार नगर्ने बताएपछि झनै क्यान समाधानमा अन्योल देखिएको हो । नेपाली क्रिकेटको विवादलाई अन्तिम रुप दिने भन्दै केही दिनअघि मात्र आईसीसीका कार्यकारी अधिकृत (सीईओ) डेभिड रिचर्डसन नेतृत्वको तीन सदस्यीय टोलीले नेपाल भ्रमण गरेको थियो । त्यतिबेला उनीहरुले नेपाल भ्रमणका बेला प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), खेलकुदमन्त्री दलजित श्रीपाली, खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा नेपाली क्रिकेटसँग सम्बन्धित व्यक्तित्वहरुसँग छलफल समेत गरेको थियो ।
छलफल क्रममा रिचर्डसन नेतृत्वको टिमले क्यान विवाद समाधानका लागि नयाँ सल्लाहकार कमिटी बनाएर अघि बढ्न सरकार र आईसीसीसमेत सहमत भएका थिए ।
क्यान विवाद समाधानका लागि सल्लाहकार समिति बनाएर अघि बढ्ने आईसीसी र सरकारले निर्णय गरे पनि क्यानका अर्को समूहले आफूहरुको मुद्दा अदालतमा विचाराधीन रहेकाले आईसीसीसँग समस्या समाधानको ठोस आधार मागेको बताइएको थियो ।
अहिले चतुरबहादुर चन्दले नेतृत्व गरेको कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले वैधानिक संघको मान्यता दिइसकेको छ । तर, एशियन क्रिकेट काउन्सिल ‘एसीसी’ ले भने अहिलेसम्म मान्यता दिएको छैन ।
गत वर्ष चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ निर्वाचन भएको थियो । तर, तत्कालीन अध्यक्ष टंक आङबुहाङ समूहले उक्त निर्वाचन बहिष्कार गरेको थियो । साथै राष्ट्रिय खेलकुद परिषद्ले पनि त्यसलाई मान्यता दिएको थिएन । तर, उल्टै परिषद्ले २०७४ साल पुस १८ गते रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । त्यसविरुद्व निर्वाचित क्यानले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।
क्यानका दुई गुट बनेपछि र राष्ट्रिय खेलकुद परिषद्ले पनि क्यानमा अर्को तदर्थ समिति गठन गरेपछि क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै ‘आईसीसी’ले गत वैशाख १३ गते क्यानलाई निलम्बन गरेको थियो । साथै गत जूनमा स्कटल्यान्डको इडिनबर्गमा भएको ‘आईसीसी’को वार्षिक बैठकले नेपालमाथि लगाइएको प्रतिबन्धलाई सदर गरेको थियो ।
त्यसलगतै क्यानको विवाद बढ्दै गएको भन्दै समस्या समाधानको पहलस्वरुप आईसीसीका कार्यकारी प्रमुख रिचर्डसन, एसोसिएट्स हेर्ने कमिटीका प्रमुख इमरान खार्जुआ तथा आईसीसीका दक्षिण एसियाली डेभलपमेन्ट अफिसर शेखसहितको नेपाल आएको थियो ।
टोली र सरकारले ५ देखि ७ जना सदस्य रहने सल्लाहकार समिति बनाएको थियो । सल्लाहकार समितिमा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिकेटका दुवै पक्ष रहने उल्लेख गरिएको थियो । त्यस समितिले क्यानको वर्तमान विधान पुनरावलानेकन गरी संशोधन गर्ने कि नयाँ ल्याउने भनेर आईसीसीसँग छलफल गर्दै नयाँ प्रक्रियाबाट क्यानलाई अघि बढाएको थियो ।
स्वतन्त्र कमिटिको बैठक शनिवार बस्दै
नेपाल क्रिकेट संघको विवाद समाधानका लागि ‘आइसीसी’ले गठन गरेको स्वतन्त्र कमिटीको बैठक ‘शनिवार’ बस्दैछ । ‘आइसीसी’को सल्लाहाकार कमिटीले बनाएको विधान अनुसार ‘क्यान’ विवादलाई टुङ्गोमा लगाउन बैठक काठमाडौंमा बस्न लागेको हो ।
बैठकमा आईसीसीका प्रतिनिधि सहित नेपालका खेलकुद परिषद् र निलम्बित क्यानका प्रतिनिधि सहभागि हुनेछन् । शनिवार बस्ने स्वतन्त्र कमिटिको बैठकमा क्यानको जिल्ला निर्वाचनको बिषयमा पनि औपचारिक छलफल हुनेछ । यसअघि गत साउनमा पनि स्वतन्त्र कमिटिको बैठकले जिल्ला निर्वाचनको विषयमा कागजात अध्ययन गर्ने र प्रक्रिया पुगेका निर्वाचनलाई मान्यता दिने बिषयमा सहमती जुटाएको थियो ।
आइसीसीका तीन पदाधिकारी काठमाडौंमा
क्यान विवादलाई समाधान दिन आईसीसीका तीन प्रतिनिधी काठमाडौं आइपुगेका छन् । भोली ‘शनिवार’ बस्ने स्वतन्त्र कमिटिको बैठकका लागि तीन जना प्रतिनिधी काठमाडौं आएका हुन् । कमिटि सदस्यहरु मोहमद अलि र अमर शेख र इमरान ख्वाजा रहेका छन् ।
काठमाडौंमा दुई दिन सम्म चल्ने बैठकले क्रिकेट विवाद समाधानको रोडम्यापमा सहमतीको प्रयास गर्नेछ । कमिटिमा आईसीसीबाट तीन र नेपालबाट दुई जना प्रतिनिधि छन् । खेलकुद परिषद्बाट पुर्व कप्तान एलबी क्षेत्री र निलम्बित क्यानबाट ठाकुर प्रताप थापालाई कमिटिमा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया